आईसीसी विश्वकप छनोटका लागि अन्तिम तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपाली टोलीले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार नेपाली टोलीले दक्षिण अफ्रिकामा एक साता प्रशिक्षण गर्नेछ त्यसपछि दुई अभ्यास खेल पनि खेल्नेछ । नेपालले जुन ८ मा स्कटल्यान्ड र जुन १० मा नेदरल्यान्डसँग दोस्रो अभ्यास खेल खेल्नेछ ।
नेपालले विश्वकप छनोटअघि जिम्बावेमै दुई वार्म अप म्याच पनि खेल्नेछ । पहिलो वार्म अप युनाइटेड अरब इमिरेट्स (यूएई) सँग जुन १३ मा र दोस्रो जुन १५ मा ओमानविरुद्ध खेल्नेछ ।
आईसीसीले गरेको ड्र अनुसार नेपाल दुई पटकको विश्व विजेता वेष्टइण्डिज र आयोजक जिम्बावे सम्मिलित समूहमा परेको छ । समूह ‘ए’मा नेपालसहित वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका रहेका छन् । समूह ‘बी’मा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् ।
नेपालले आफ्नो पहिलो खेल १८ जुनमा (असार ३) आयोजक जिम्बावेसँग खेल्नेछ। त्यस्तै, नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।
































प्रतिक्रिया