मच्छिन्द्र फुटबल क्लबले शहिद स्मारक ए डिभिजन लिगमा हार व्यहोरेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्र नेपाल पुलिस क्लबसँग २-१ गोल अन्तरले स्तब्ध बनेको हो ।
पुलिसको जितमा मोसेस ग्याबाह त्वामले दुई गोल गरे । मछिन्द्रका लागि आफिज ओलावालेले एक गोल गरे । अग्रता जोगाउन नसक्दा मच्छिन्द्र पराजित हुन पुगेको हो । खेलको २७ औं मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा ७५ औं मिनेटमा र ८१ औं मिनेटमा गोल व्यहोर्न पुगेको थियो ।
लिगमा पराजित भएसँगै मछिन्द्रलाई उपाधि होडमा धक्का लागेको छ । मछिन्द्र २४ खेलमा ३९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पुलिस भने समान खेलमा ३७ अंक जोडेर चौंथो स्थानमा छ ।































प्रतिक्रिया