चोटका कारण अब्राहम लामो समय मैदान बाहिर रहने

चोटका कारण अब्राहम लामो समय मैदान बाहिर रहने

केन्द्रबिन्दु
0
Shares

इटालियन क्लब रोमाका स्ट्राइकर ट्यामी अब्राहम लामो समय मैदान बाहिर रहने भएका छन् । इटालियन सिरी ए अन्तर्गत सिजनको अन्तिम खेलमा आइतबार अब्राहमले चोट बोकेका बोकेका थिए ।

एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) को चोट बोकेपछि अब्राहम लामो समय मैदान बाहिर रहने भएका हुन्। स्पेजियाविरुद्धको खेलमा २-१ को जित निकालेको खेलमा उनी घाइते भएका थिए ।

रोमाले अब्राहम अनिश्चितकालका लागि मैदान बाहिर रहने पुष्टि गरेको छ। २५ वर्षीय अब्राहमले २०२२-२३ सिजनमा ३८ सिरी ए खेलमा ८  गोल गरेका थिए। अब्राहम २०२१ मा चेल्सीबाट रोमा गएका थिए ।

Logo