डेब्यू सिजनमै चर्च ब्वाइज ‘ए डिभिजन’ च्याम्पियन

डेब्यू सिजनमै चर्च ब्वाइज ‘ए डिभिजन’ च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

चर्च ब्वाइज युनाइटेड क्लब सहिद स्मारक ए डिभिजन लिगको पहिलो सिजनमै च्याम्पियन बनेको छ। 

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार क्लबसँग गोलविहीन बराबरी खेलेसँगै नवप्रवेशी चर्च ब्वाइज एक खेल अगावै च्याम्पियन बनेको छ। गत वर्ष ‘बी’ डिभिजन लिग च्याम्पियन बन्दै चर्च ब्वाइज शीर्ष लिगमा चढेको थियो। चर्च ब्वाइज २०७७ सालमा ‘सी’ डिभिजनमा छनोट भएर सोही सिजन च्याम्प्यिन बनेको थियो।

त्यसपछि ‘बी’ डिभिजन च्याम्पियन हुँदै शीर्ष स्थानमा आइपुगेको चर्च ब्वाइज शीर्ष लिग जित्ने १६औं टिम बनेको छ। यसअघि २०७९ र २०७८ सालमा मछिन्द्र फुटबल क्लब लगातार दुई पटक च्याम्पियन बनेको थियो। जारी सिजन दोस्रो स्थानको मछिन्द्र च्याम्पियन चर्च ब्वाइजभन्दा ६ अंकले पछाडि छ। यद्यपि, मछिन्द्रले दुई खेल कम खेलेको छ। तर, दुई खेल बाँकी भए पनि हेड टू हेडमा चर्च ब्वाइज च्याम्पियन बनिसकेको छ। चर्च ब्वाइजले २५ चरण सकिँदा १२ जित, ९ बराबरी र चार खेलमा पराजय भोगेको छ।

बराबरीसँगै थ्री स्टार २५ खेलबाट २९ अंक जोडेर १२औं स्थानमा छ। रेलिगेसन क्षेत्रबाट जोगिन थ्री स्टार अझै संघर्षरत छ। आजै भएको खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबलले १–१ गोलको बराबरी खेलेका छन्। यस्तै, एफसी खुमलटारले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ ले पराजित गरेको छ।

Skip This
Skip This
Logo