फ्रान्सेली फरवार्ड करिम बेन्जेमा रियल मड्रिडबाट बाहिरिएपछि साउदी च्याम्पियन अल इतिहादमा अनुबन्धित भएका छन् ।
उनलाई रियलले मंगलबार नै सानदार बिदाई गरिसकेको छ । एक पल्टको बालोन डी’ओर विजेता करिम बेन्जेमाले रियल म्याड्रिडमा १४ वर्षको बसाईलाई बिट मार्दै साउदी अरेबियाको च्याम्पियन अल–इतिहादसँग ३ वर्षको सम्झौता गरेका हुन् ।
उनी मोटो रकममा अल इतिहादमा अनुबन्धित भएको बुझिएको छ । ३५ वर्षीय फ्रान्सेली स्ट्राइकर बेन्जेमाले म्याड्रिडसँग १४ वर्षमा ५ च्याम्पियन्स लिग र चार ला लिगासहित २५ ट्राफी जितेका थिए ।
उनले रियलका लागि ३५४ गोल गरेका छन् । उनी क्रिस्टियानो रोनाल्डोपछि रियलको दोस्रो सर्वाधिक गोलकर्ता हुन् । रियलमा ४५० गोल गरेका रोनाल्डो अर्को साउदी क्लब अल–नासरबाट खेल्छन् । उनी गत जनवरीदेखि अल नासरमा छ ।
अल–इतिहाद पूर्व वल्भ्स र टोटेनहम प्रशिक्षक नुनो एस्पिरिटो सान्तोको प्रशिक्षणमा छ। सन् २००९ मा फ्रान्सेली क्लब लियोनबाट रियल पुगेका बेन्जेमाले रियलका लागि ६४८ खल खेलेका छन् । उनले क्लबका लागि अन्तिम खेलमा पनि गोल गर्न सफल भएका थिए । आइतबार एथलेटिको बिल्बाओसँग १–१ को बराबरीमा उनले पेनाल्टीमा गोल गरेका थिए ।
अल–इतिहाद चार प्रमुख साउदी अरेबियाका क्लबहरू मध्ये एक हो जुन देशको सार्वजनिक लगानी कोषले लिएको थियो, जसको स्वामित्व न्यूक्यासल युनाइटेड पनि छ । रोनाल्डो अल–नासरमा रहँदा अल–हिलालले यसै समरमा पेरिस सेन्ट–जर्मेनका अर्जेन्टिनी फरपार्ड लियोनल मेस्सीलाई अनुबन्ध गर्ने प्रयास थालिरहेको छ ।































प्रतिक्रिया