दक्षिण अफ्रिकामा नेपाल जितविहीन, चलेन ब्याटिङ

दक्षिण अफ्रिकामा नेपाल जितविहीन, चलेन ब्याटिङ

केन्द्रबिन्दु
0
Shares

नेपाल दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेदरल्यान्ड्ससँग पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भएको हो । 

नेपालले जितका लागि दिएको १५७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ३६.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । नेदरल्यान्ड्सका लागि बारेसीले ६३ रनको अर्धशतकीय इनिङ खेले । 

नेपालका गुलशन झा र ललित नारायण राजवंशीले समान दुई विकेट लिए । प्रतिश जि.सीको नाममा एक विकेट रह्यो ।

नेपालका गुलशन झा र ललित नारायण राजवंशीले समान दुई विकेट लिए । प्रतिश जि.सीको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ३६.५ ओभरमा अलआउट हुँदै १५६ रनमा समेटिएको थियो । खराव सुरुवात गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३० रन जोडे । साथै आठौं नंबरमा मैदानमा आएका प्रतिश जिसी १९ रनमा क्याच आउट हुन पुगे । 

त्यसअघि नेपालले पहिलो ओभरको पाँचौं बलमा ओपनर आसिफ शेखलाई ४ रनमा गुमाएको थियो । दोस्रो विकेटका रुपमा अर्जुन साउद तेस्रो ओभरमा चार रनमा क्याच आउट हुँदा कुशल भुर्तेल चौथो ओभरको चौथो बलमा ९ रनमा एलबीडब्लू आउट हुँदै पवेलियन फर्किए । भीम सार्की १० रनमा रन आउट हुँदा आरिफ शेख १८ रन, गुल्सान झाले २४ रन जोडे । सोमपाल कामीले १८ रन बनाए । 

बलिङमा नेदरल्यान्ड्सका तीव्र गतिका बलर लोगन भान बीकले ५ विकेट लिए । 

योसँगै आइसिसी विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा भएको दुवै अभ्यास खेलमा नेपाल जितविहीन बन्यो । नेपाल पहिलो अभ्यास खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । नेपाल आइतबार जिम्बावे जानेछ। विश्वकप छनोट हुने जिम्बावे र दक्षिण अफ्रिका वातावरण मिल्दोजुल्दो भएकै कारण नेपालले दक्षिण अफ्रिकामा तयारी गरेको हो ।

Skip This
Skip This
Logo