म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ।
स्तानबुलमा शनिबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १-० गोल अन्तरले हराउँदै सिटीले उपाधि जितेको हो। सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
सिटीलाई जित दिलाउन रोड्रीले निर्णायक गोल गरे। रोड्रीले खेलको ६८ औँ मिनेटमा गोल गरेका थिए । यस्तै पेप ग्वार्डीओलाको नेतृत्वमा रहेको सिटीले एकै सिजन 'ट्रेबल' उपाधि हात पारेको छ । यस अघि सिटीले प्रिमियर लिग र एफए कप जितेको थियो। सिटी ट्रेबल उपाधि जित्ने दोस्रो प्रिमियर लिग क्लब हो ।































प्रतिक्रिया