एसिया कपका लागि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले प्रस्ताव गरेको नयाँ हाइब्रिड मोडेललाई एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले अनुमोदन गर्ने सम्भावना बढेको छ।
पाकिस्तानमा हुने एसिया कपमा भारत सहभागी नहुने भनेपछि अन्यौलमा परेको प्रतियोगिता पाकिस्तान र श्रीलंकामा हुने निश्चित जस्तै भएको हाे । प्रतियोगिताका १३ मध्ये करिब पाँचवटा खेलहरू पाकिस्तानमा र बाँकी खेलहरू श्रीलंका आयोजना हुने गरी समस्या समाधान गरिएको छ ।
श्रीलंकामा हुने खेलमा भारत सहभागी हुनेछ ।
१ देखि १७ सेप्टेम्बरभित्र हुने प्रतियोगिताबारे एसीसीले केही दिनमै औपचारिक घोषणा गर्ने तयारी गरेको छ । ६ राष्ट्रको एसिया कपमा नेपालसँगै भारत र पाकिस्तानलाई समूह एमा छन्। अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।































प्रतिक्रिया