प्रिन्स दाहाल र रसिला महर्जन यसै बर्षको सेप्टेम्बरमा चीनको गाङ्गजाउमा आयोजना हुने १९ औँ एशियाली खेलकुदको लागि छनोट भएका छन्।
नेपाल ब्याड्मिन्टन संघले निर्धारित दुई पुरुष र दुई महिलाको लागि देवीनगर व्याडमिन्टन क्लबमा आयोजना गरेको छनोट प्रतियोगिताबाट दाहाल र महर्जनसहित सुनिल जोशी र जेशिका गुरुङ्ग छनोट भएका छन। वैकल्पिक खेलाडीमा पुरुषतर्फ बिष्णु कटुवाल र महिलातर्फ अनुमाया राई छनोट भएका छन्।
नेपाली खेलाडीको छनोट पछि नेपाल व्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले नेपाल चारै खेलाडीको एसियाली खेलकुदको यात्रा पहिलो भएको जानकारी दिए।
उनले भने ‘एसियाली खेलकुदमा ब्याडमिन्टनको उपलब्धिलाइ हेर्ने हो भने पुरुष टिम इभेन्टसमा नेपालले क्वाटरफाइनलसम्मको यात्रा तय गरेको छ। नेपाली टोलीको छनोट पछि कोरियाको इन्चोनमा भएको १७ औँ र इन्डोनेसियामा भएको १८ औँ एसियाली खेलकुदमा पुरुष टिम इभेन्ट्समा क्वाटरफाइनलसम्म पुग्दै पाँचौं स्थान हासिल गर्न सफल भएको थियो।
तर अहिले खेलाडीको स्तर राम्रो भएता पनि खेलाडीको कोटा कम भएकोले टीम इभेन्ट्समा प्रतिस्पर्धा गर्न सक्दैनौँ।’ खेलाडीको स्तरलाइ हेर्दा प्रिन्स जुनियर तर्फ विश्व नम्बर एक रहिसकेका छन्। यस्तै रसिला जुनियर युगल तर्फ विश्व वरियतामा छैटौं स्थानमा रहिसकेको संघका सचिव नविन विक्रम शाहले जानकारी गराए।
छनोट हुन सफल खेलाडीहरुको मनोबल उच्च पार्ने क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले खेलाडीहरुलाई खादा लगाएर राम्रो नतिजा प्राप्त गर्न शुभकामना दिएका थिए।































प्रतिक्रिया