इमर्जिङ टिम्स एसिया कपअन्तर्गत नेपाली क्रिकेट महिला टोलीले पाकिस्तान ‘ए’विरुद्ध खेलिरहँदा वर्षा सुरु भएको भएको छ। टस जितेर बलिङ रोजेको नेपालले १६औँ ओभरमा ७ विकेट लिँदा पाकिस्तानले ६५ रन बनाएको अवस्थामा वर्षा सुरु भएपछि खेल रोकिएको छ।
हङकङको मङककस्थित मिसन रोड ग्राउण्डमा पाकिस्तानलाई ब्याटिङको निम्ता दिएको नेपालका लागि पहिलो ओभरमै कविता कुँवरले विकेट लिँदै राम्रो सुरुवात दिलाएकि थिइन्।
उनले पहिलो ओभरको अन्तिम बलमा इमान फातिमालाई इन्दु वर्माबाट क्याच आउट गराइन्। त्यस्तै, दोस्रो र तेस्रो विकेट कविता जोशीले लिइन्। ५.३ ओभरमा सदाफ साम्सलाई बोल्ड आउट गरेकी उनले ५.४ ओभरमा नटालिया पर्वरिजलाई विकेटकिपर ज्योति पाण्डेबाट क्याच आउट गराइन्।
चौँथो विकेट गुल फेरोजाको रुपमा सीता रानामगरले लिइन्। उनलाई खेलको १०.२ ओभरमा सीताले कप्तान रुविना क्षेत्रीबाट क्याचआउट गराइन्।





























प्रतिक्रिया