आइसिसी एकदिवसीय विश्वकपमा आज नेपाल र युएई भिड्दै

आइसिसी एकदिवसीय विश्वकपमा आज नेपाल र युएई भिड्दै

केन्द्रबिन्दु
0
Shares

नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज युएईसँग खेल्दैछ।नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ मा जिम्बावेको हरारेरस्थित ओल्ड हेनरिज क्रिकेट मैदानमा सुरु हुनेछ।

जिम्बावे पुग्नु अघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो। तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपाल दुई अभ्यास खेल खेलेको थियो।

दुवै अभ्यास खेलमा नेपालले हार व्यहोरेको थियो। अभ्यास खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्स दुबैसँग नेपालले कमजोर ब्याटिङ गरेको थियो। नेपाल उत्कृष्ट प्रदर्शनका साथ जिम्बावे यात्राको सुरुआत गर्न चाहन्छ। नेपाल र युएईबीचको पछिल्लो पाँच खेलमा चार खेलमा नेपाल विजयी हुँदा एक खेल युएईले जितेको छ । 

Logo