नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने चौथो संस्करणको लंका प्रिमिपर लिग (एलपिएल)को अक्सनमा अनसोल्ड भएका छन् ।
बुधबार श्रीलंकामा जारी अक्सनमा लामिछानेलाई कुनैपनि टोलीले मूल्य नलगाएका हुन् । उनको तीस हजार अमेरिकी डलर बेस प्राईस राखिएको थियो । तर, एलपीएलको ईतिहासमा पहिलो पटक आयोजना भएकाे अक्सनमा उनले स्थान बनाउन सकेनन् ।
गतवर्ष सन्दीप ५० लाख नेपाली रुपैयाँमा डम्बुल्ला जायन्ट्समा अनुबन्ध भएका थिए । तर सन्दीपले उक्त लिग पछि खेलेका थिएनन् । यस संस्करणको एपीएल ३१ जुलाई अर्थात साउन १५ बाट सुरु हुँदैछ ।































प्रतिक्रिया