एसियाड तयारीः जुडोमा श्रेष्ठ दाजु/बहिनीसहित ८ खेलाडी छनोट

एसियाड तयारीः जुडोमा श्रेष्ठ दाजु/बहिनीसहित ८ खेलाडी छनोट

केन्द्रबिन्दु
0
Shares

चीनको होङझावमाहुने १९ औँ एसियाली खेलकुद अन्तर्गत जुडोका लागि ८ खेलाडी छनोट भएका  छन्।  नेपाल जुडो संघले खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा आयोजना गरेको छनोट  प्रतिष्पर्धाबाट ८ खेलाडीको अन्तिम छनोट गरिएको हो।

नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष वज्राचार्यका अनुसार पुरुष/महिलामा समान ४–४ गरी ८ खेलाडी छनोट भए। पुरुष ६० केजीमुनि लुम्बिनी प्रदेशका विकास विक, ६६ केजीमुनि नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ,८१ केजीमुनि नेपाल आर्मीका जंगबहादुर सारु र १०० केजीमाथि आर्मीकै रन्जेश गोले छनोट भएका छन्।

महिला ५२ केजीमाथि बागमती प्रदेशकी देवकी माया श्रेष्ठ,५७ केजीमुनि प्रहरीकी मनीता श्रेष्ठ प्रधान, ७० केजीमुनि पुनम श्रेष्ठ र ७८ केजीमाथि आकृति श्रेष्ठले एसियाड सहभागिता निश्चित गरे। इन्द्र र देवकी सहोदर दाजु/बहिनी हुन्। इन्द्र,देवकी र मनीता बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन्।

Skip This
Skip This
Logo