बुमराह र अय्यरले नेपालसँग खेल्ने सम्भावना

बुमराह र अय्यरले नेपालसँग खेल्ने सम्भावना

केन्द्रबिन्दु
0
Shares

भारतका तीव्र गतिका बलर जसप्रित बुमराह र भरपर्दा मध्यक्रमका ब्याटर श्रेयस अय्यरले नेपाल सहभागी रहने एसिया कपबाट राष्ट्रिय टोलीमा पुनरागमन गर्ने सम्भावना रहेको छ। 

ढाडको शल्यक्रियाबाट दुवै जना सुधार उन्मुख छन्। यसै सम्स्याका कारण दुवैले इन्डियन प्रिमियर लिग र वल्र्ड टेस्ट च्याम्पियनसिप गुमाएका थिए। लामो समयबाट मैदान बाहिर रहेका दुवै खेलाडी एसिया कपका लागि उपलब्ध हुन सक्ने अनुमान गरिएको छ।

एसिया कप ३१ अगस्ट बाट १७ सेप्टेम्बरसम्म (भदौ १४ देखि ३१ गते सम्म) आयोजना हुने भएको छ। यस संस्करणको एसीया कप हाईब्रिड मोडलमा हुनेछ। एसिया कप २०२३ पाकिस्तान र श्रीलंकामा आयोजना हुनेछ । भारतको खेल भने श्रीलंकामा आयोजना हुनेछ। 

यो मोडल अनुसार पाकिस्तानमा प्रतियोगिताका १३ खेलमध्ये समूह चरणका भारत बाहेका ४ खेल हुनेछ। भारत र पाकिस्तानबीचको सबै खेल श्रीलंकामा खेलाइनेछ। फाइनल समेत श्रीलंकामा हुनेछ।

विश्वकपको तयारीका लागि ५० ओभरको ढाँचामा आयोजना हुने एशिया कपमा नेपालसँगै भारत र पाकिस्तान समूह ए मा छन्। अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। सन् २०२२ को ढाँचामा जस्तै प्रत्येक समूहका शीर्ष दुई टोली सुपर फोर राउन्डमा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल प्रतिस्पर्धा गर्नेछन्। 

Skip This
Skip This
Logo