फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपाल र बंगलादेश भिड्दै

फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपाल र बंगलादेश भिड्दै

केन्द्रबिन्दु
0
Shares

माल्दिभ्स बास्केटबल संघको आयोजनामा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ।माल्दिभ्समा शनिबार नेपाली समय अनुसार राती सवा ९ मा सुरु हुने खेलमा नेपालले बङ्गलादेशसँग खेल्न लागेको हो।

तेस्रो खेल खेल्दै गरेको नेपालले एक खेल गुमाएको छ भने एउटा खेल जितेको छ। तर तेस्रो खेल खेल्दै गरेको बंगलादेशले यसअघिका दुई वटै खेल जितेको छ। पहिलो खेलमा भुटानसँग पराजित नेपालले दोस्रो खेलमा पाकिस्तानलाई हराएको हो भने बंगलादेशले माल्दिभ्स र भुटानलाई पराजित गरेको छ।

नेपालले आफ्नो अन्तिम लिग खेलमा आइतबार घरेलु टोली मालदिभ्ससँग खेल्नेछ। जुन २२ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्र सहभागी छन्। प्रतियोगितामा नेपाल सहित माल्दिभ्स,बंगलादेश, भुटान र पाकिस्तानले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन्। शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन्। दुई सेमिफाइनलका विजेताले फाइनल खेल्ने छ।

प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापक सुशील गुरुङ छन्। फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिरहेका छन्।

Logo