माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो लगातार दोस्रो जित निकालेको छ। मालेमा शनिबार राती भएको खेलमा बंगलादेशलाईलाई हराउँदै नेपालले आफ्नो तेस्रो खेलमा दोस्रो जित निकालेको हो।
नेपालले बंगलादेशलाई ९०-६१ को फराकिलो अन्तरले हराएको हो। नेपालले चार वटै क्वाटर आफ्नो पक्षमा पारेको थियो। नेपालले पहिलो क्वाटर २५-२० ले आफ्नो पक्षमा पारेको थियो। बाँकी तीन क्वाटर पनि नेपालले जितेको थियो।
बंगलादेशलाई हराएसँगै नेपालले सेमिफाइनल सम्भावना बलियो बनाएको छ। पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको थियो। नेपालले दोस्रो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो। नेपालले लिग चरणको अन्तिम खेलमा आइतबार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ।





























प्रतिक्रिया