काठमाडौं ।
खेलको अन्तिम समयमा आएर म्यानचेस्टर युनाइटेड जितबाट वञ्चित बनेको छ । इन्ज्युरी समयमा माइकल ओवाफेमीले गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेड जितबाट वञ्चित बनेको हो । खेलमा म्यानचेस्टर युनाइटेड र युनाइटेड साउथ ह्याम्पटनले २–२ गोलको बराबरीमा अंक बाँडेका हुन् ।
बराबरीसँगै म्यानचेस्टर युनाइटेडले चेल्सी र लेस्टर सिटीलाई पछि पार्दै शीर्ष तीनमा उक्लने अवसर समेत गुमायो । अब उसको अर्को सिजनको लागि च्याम्पियन्स लिग खेल्ने सम्भावनामा समेत न्युन छ । लेस्टरसँग समान ५९ अंक भए पनि गोल अन्तरमा पछि पर्दै
युनाइटेड पाँचौ स्थानमा छ ।
घरेलु मैदान ओल्डट्राफोर्डमा गएराति भएको खेलमा युनाइटेड स्टुआर्ट आम्सट्रोङको गोलबाट खेलको १२ औं मिनेटमा पछि परेको थियो । युनाइटेडले चार मिनेटको अन्तरमा दुई गोल गरेपछि खेलमा २–१ को अग्रता बनाएको थियो ।































प्रतिक्रिया