नेपालले आईसीसी एकदिवशीय विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्ध पाँचौँ सफलता प्राप्त गरेको छ ।
जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाविरुद्ध दीपेन्द्रसिंह ऐरीले विकेट दिलाएका हुन् । उनले २१ ओभरको तेस्रो बलमा गजनन्द सिंहलाई २६ रनमा आरिफ शेखबाट क्याच आउट गराएका हुन् । गजनन्दले यसअघि वेष्ट इण्डिजविरुद्ध शतक प्रहार गरेका थिए ।
योसँगै उनको शुसान्त मोदानीसँगको बढ्दो साझेदारीसमेत तोडिएको छ । हाल अमेरिका २१ ओभरमा ५ विकेट गुमाउँदै ६५ रन बनाएर खेलिरहेको छ ।त्यसअघि नेपालले पावर प्लेमा सानदार सुरुवात गरेको थियो । ती सबै विकेट तीव्र गतिका बलर करण केसीको नाममा छ । अमेरिकाले ६ रन जोड्दा दुई विकेट गुमाईसकेको थियो । करणले खेलकाे दोस्रो ओभरको पाँचौँ बलमा स्टेभेन टेलरलाई ४ रन र छैटौँ बलमा मुक्कामल्लालाई गोल्डेन डकआउट गरे ।
त्यस्तै, उनले सात ओभरको पाँचौ बलमा तेस्रो विकेट दिलाए । उनले कप्तान आरोन जोन्सलाई २ रनमा आउट गरेका हुन् । उनी २२ बल खेलेका थिए । साथै ९ ओभरको दोस्रो बलमा केञ्जिगेलाई एक रनमा आउट गरे ।































प्रतिक्रिया