कप्तान शाई होप र निकोलस पुरनको शतकीय इनिङमा वेस्ट इन्डिजले आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाललाई विशाल लक्ष्य दिएको छ ।
जिम्बाबेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रन बनाएको हो । कुनैसमय २-९ को स्थितीमा गरेको वेस्ट इन्डिजका लागि कप्तान होप र पुरनले दोहोरो शतकीय साझेदारी गरे ।
कप्तान होपले सर्वाधिक १३२ रनको शतकीय इनिङ खेले । उनले १२९ बलमा १० चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, निकोलस पुरन ९४ बलमा ११५ रन जोड्दै आउट भए । उनले ब्यक्तिगत ३ र ५४ रनमा जीवनदान पाएका थिए । साथै रोमन पावेलले २९ रन तथा ज्यासन होल्डरले रन बनाए ।
बलिङमा नेपालका ललित राजवंशीले ३ विकेट तथा करण केसी, दीपेन्द्रसींह ऐरी, गुल्सान झा र सन्दीप लामिछानेले समान एकएक विकेट लिए । सन्दीप यसअघि जिम्बाबे र अमेरिकाविरुद्ध भने विकेटविहीन बनेका थिए ।





























प्रतिक्रिया