अन्तर्राष्ट्रिय खेलकुद परिषद् (आइसिसी)ले विश्वकप २०२३ को खेल तालिका सार्वजनिक गरेको छ ।
५ अक्टोबरदेखि १९ नोभेम्बरसम्म भारतका १० स्थानमा हुने विश्वकपको उद्घाटन खेलमा इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ, उक्त खेल अहमदाबादमा हुनेछ । सन् २०१९ को विश्वकपमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई सुपर ओभर पनि टाई भएपछि बाउन्ड्री बढी प्रहार गरेको आधारमा उपाधि हात पारेको थियो ।
त्यस्तै, आयोजक विश्वकपमा भारत र पाकिस्तानबीचको खेल १५ अक्टोबरमा हुनेछ । खेल अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुनेछ । यो खेल सधैं बहुप्रतिक्षित रहन्छ । ५० ओभरको विश्वकपमा यी दुई प्रतिद्वन्द्वीबीच भएका सबै सात खेलमा भारतले जित निकालेको छ ।
































प्रतिक्रिया