खेलकुदको विकासका लागि खेल क्षेत्रमा राजनीति नगरौँः मन्त्री लिम्बू

खेलकुदको विकासका लागि खेल क्षेत्रमा राजनीति नगरौँः मन्त्री लिम्बू

केन्द्रबिन्दु
0
Shares

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले खेल क्षेत्रमा राजनीतिकरण गर्न नहुने बताएका छन् । तेस्रो प्रधानमन्त्री कप राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन समारोहमा उनले खेल क्षेत्रमा राजनीतिकरण गर्न नुहने भन्दै खेलाडीहरुको विकास गर्नको लागि व्यक्तिगत स्वार्थ र दलीय विचारलाई तल राखेर अगाडि बढ्नुपर्ने बताएका हुन्।

उनले भने, ‘यो खेल क्षेत्रमा राजनीतिकरण नगरिकन समग्र खेलाडीहरुको वृद्धि विकासका लागि खेलाडीहरुलाई वातावरण दिएर अगाडि बढाउनको लागि व्यक्तिगत स्वार्थ र हाम्रो दलीय विचारहरुलाई तल राखेर हामी अगाडि बढ्न सक्ने अवस्थाको निमार्ण गर्नुपर्छ।’

मन्त्री लिम्बूले देशमा सुशासन कायम र भ्रष्टाचार अन्त्य गर्नको लागि युवाहरुको खेलमा मात्रै होइन, राजनीतिक,आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि सशक्त उपस्थिति हुनु आवश्यक भएको बताए।

उनले भने, ‘खेल प्रवद्र्धनको लागि मन्त्रालयले विद्यालय स्तरमा गएर खेल शिक्षा दिएर बजेट पनि छुट्टाएको अवस्था छ। युवा खेलमा मात्रै होइन, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सशक्त उपस्थिति हुनु आवश्यक छ त्यसो भयो भो मात्रै हो देशमा सुशासन कायम र भ्रष्टाचार अन्त्य हुन सक्छ।’ यस्तै, उनले खेल क्षेत्रलाई पर्यटन क्षेत्रसँग जोड्न सक्यौँ भने आर्थिक गतिविधि बढ्दै जाने र देशको अर्थतन्त्र सुदृढ हुन सक्ने बताए।
 
उनले भने,‘यो खेल क्षेत्रलाई पर्यटन क्षेत्रसँग जोडेर सक्यौ भने आर्थिक गतिविधि हुन्छ, आर्थिक गतिविधि बढ्दै गयो भने देशको अर्थतन्त्र सुदृढ हुन सक्छ। त्यसकारण हामीले खेल्नका लागि खेल मात्रै होईन यसलाई पर्यटन क्षेत्रसँग जोडेर विभिन्न मुलुकबाट मानिसहरु आउँने वातावरण निमार्ण गर्न खेललाई पर्यटन क्षेत्रसँग जोडेर अगाडि बढ्नुपर्छ।’

Logo