थाइल्यान्डमाथि नेपालको २२५ रनको विशाल जित, सेमिफाइनलमा स्थान पक्का

थाइल्यान्डमाथि नेपालको २२५ रनको विशाल जित, सेमिफाइनलमा स्थान पक्का

केन्द्रबिन्दु
0
Shares

नेपालले मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपमा सानदार विजयी सुरुवात गरेको छ । मलेसियाको बांगीमा बुधबार भएको पहिलो खेलमा नेपालले थाइल्यान्डमाथि २२५ रनको जित हात पारेको हो । साथै नेपालले सेमिफाइनलको यात्रा पनि तय गरेको छ । 

नेपालले जितका लागि दिएको २७० रनको विशााल लक्ष्य पछ्याएको थाइल्यान्ड १३.२ ओभरमा अलआउट हुँदै ४४ रनमै समेटिएको हो । थाइल्यान्डका लागि ईशान बेनर्जीले सर्वाधिक १६ रन तथा डानुफनले १२ रन जोड्नुबाहेक अन्य खेलाडी चल्न सकेनन् । ८ खेलाडी शून्य रनमै समेटिए । 

May be an image of 2 people

थाइल्यान्डलाई सस्तैमा समेट्न नेपालका सन्तोष यादव एक्लैले ५ विकेट लिए । त्यस्तै, अशोक धामीले ३ विकेट तथा अभिशेक तिवारीले २ विकेट लिए । 

त्यसअघि  टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो । नेपालका ओपनर निरज कुमार यादवले ४३ बलमा ७ चौका र ६ छक्कासहित ७४ रनको अर्धशतकीय इनिङ खेले । 

May be an image of 3 people

साथै नरेन भट्ट ५५ रनमा नटआउट रहे भने सन्तोष यादवले ४२ रन तथा सुर्यांशु कोइरालाले ४० रन जोडे । 

थाईल्यान्डका निटपाखन मनुवुन, ईशान बानेर्जी र पनुवातले समान २/२ विकेट लिए ।  

याे जितसँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । समूह ए मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह ए को खेलमा मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो । थाईल्यान्ड पहिलो खेलमै पराजित भएको हुँदा नेपाल पहिलो जितसहित सेमिफाइनलमा पुगेको हाे । 

नेपालले आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया छन् । 

Skip This
Skip This
Logo