राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता आजदेखि

राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता आजदेखि

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको सातौँ संस्करण खेल सुरु भएको छ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु भएको उद्घाटन खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र गण्डकी प्रदेश तथा पुरुषतर्फ त्रिभुवन आर्मी र शैलुङ्ग बागढुङ्गा क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा महिलातर्फ ६ टिम र पुरुषतर्फ ७ टिम समावेश छन्। 

महिलातर्फ नेपाल पुलिस क्लब, न्यु डायमण्ड स्पोर्टस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र एभरेष्ट क्लब छन् भने पुरुषतर्फ हेल्प नेपाल, आर्मी, एपीएफ, पुलिस, गण्डकी, दावली मिलन क्लब र शैलुङ बागढुङ्गा क्लब छन्।प्रतियोगितामा दुवैतर्फ पहिलो, दोस्रो, तेस्रो र चौँथो हुनेले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन्।

Logo