भारतविरुद्ध नेपाल १६७ रनमा अलआउट

भारतविरुद्ध नेपाल १६७ रनमा अलआउट

केन्द्रबिन्दु
0
Shares

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत नेपाल दोस्रो खेलमा भारत एसँग १६७ रनमा अलआउट भएको छ ।

आर प्रेमदासा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७.२ ओभरमा १ सय ६७ रनमा अल आउट भएको हो । नेपालका लागि  कप्तान रोहित पौडेलले सर्वाधिक ६५ रनको योगदान दिए । साथै गुलशन झाले ३८ रन बनाउनुबाहेक अन्य खेलाडीको राम्रो प्रदर्शन रहन सकेन । 

बलिङमा भारतका निशान्त सिन्धुले सर्वाधिक ४ विकेट लिए भने राजवर्धन हंगागेकारले ३ विकेट तथा हर्षित रानाले विकेट लिए । 

Logo