महिला विश्वकप फुटबलमा अस्ट्रेलियाको विजयी सुरुवात

महिला विश्वकप फुटबलमा अस्ट्रेलियाको विजयी सुरुवात

केन्द्रबिन्दु
0
Shares

अस्ट्रेलियाले महिला विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । 

घरेलु मैदानमा बिहीबार भएको उद्घाटन खेलमा अस्ट्रेलियाले आयरल्यान्डलाई १-० गोलले पराजित गर्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५२औं मिनेटमा स्टेफन काट्र्लीले पेनाल्टीमार्फत् अस्ट्रेलियाका लागि निर्णायक गोल गरिन् ।

खेल अवधिभर आयरल्याण्डलाई दाबाबमा राखेको अस्ट्रेलियाले थप आधा दर्जन अवसर खेर फालेको थियो ।

६५ प्रतिशत खेलमा पकड गुमाएको आयरल्याण्डले भने एउटा पनि सशक्त प्रहार गर्न सकेन । 

Logo