अल नासरको लगातार फराकिलो हार

अल नासरको लगातार फराकिलो हार

केन्द्रबिन्दु
0
Shares

साउदी क्लब अल नासरले युरोपेली प्रतिद्वन्द्वीविरुद्ध लगातार दोस्रो खेलमा फराकिलो हार बेहोरेको छ

बिहीबार सम्पन्न खेलमा पोर्चुगलको बेन्फिकाले अल नासरलाई ४-१ ले पराजित गरेको हो। त्यसअघि अल नासरले स्पेनिस क्लब सेल्टा भिगोसँग ५-० को हार बेहोरेको थियो।

रोनाल्डोले खेलमा ८४ मिनेट खेलेपनि गोल गर्न सकेनन्। बेन्फिकाका लागि भने अर्जेन्टिनी विंगर एन्जल डी मारियाले खाता खोलेका थिए। विश्वकपका दौरान पोर्चुगलको राष्ट्रिय टोलीको सुरुवाती रोजाइमा रोनाल्डोकै स्थान लिएका फरवार्ड गोन्कालो रामोसले दुई गोल गरेका थिए।

डी मारियाले २३ औं मिनेटमा गोलको खाता खोलेका थिए। त्यसपछि रामोसले ५ मिनेटको अन्तरमा २ गोल गर्दै बेन्फिकालाई सहज अवस्थामा पुर्याए। ४२ औं मिनेटमा साउदी टोलीका लागि सुल्तान अल घानमले गोल फर्काएका थिए। दोस्रो हाफमा बेन्फिकाका लागि आन्द्रिएस सेल्देरूपले अर्को गोल थपेका थिए।

खेलको पहिलो हाफको अन्त्यतिर डी मारियाले रोनाल्डोलाई वन भर्सेस वनमा छलाएको क्षण सामाजिक संजालमा भाइरल समेत बनेको छ।अल नासरले अब प्रि सिजनमा पेरिस सेन्ट जर्मेन र इन्टर मिलानको सामना गर्नेछ।

Logo