चीनमाथि डेनमार्कको जित

चीनमाथि डेनमार्कको जित


डेनमार्कले वुमेन्स वर्ल्डकप २०२३ मा शनिबार जित निकाल्ने क्रममा चीनलाई १-० ले हराएको छ। खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला एमिली भाङ्सगार्डले हेडबाट गोल गरिन्।पेरनिल हारडरको कर्नरमा सब्टिच्युट खेलाडी भाङ्सगार्डले गोल गरेकी हुन्।

पछिल्ला तीन विश्वकपमा छनोट हुन असफल डेनमार्कले यससँगै महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा सुखद पुर्नआगमन रहेको छ। यो जितपछि समूह डी मा डेनमार्क इंग्ल्यान्डसँगै संयुक्त रूपमा शीर्ष स्थानमा रहेकाे छ।

Logo