स्किब्स कपको उपाधि निम्स, भ्यालि पब्लिक, गोल्डेनपिक र महामन्जुश्रीलाई

स्किब्स कपको उपाधि निम्स, भ्यालि पब्लिक, गोल्डेनपिक र महामन्जुश्रीलाई


सातौं स्किब्स कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि निम्स, भ्याली पब्लिक, गोल्डेन पिक र महामन्जुश्रीले जितेका छन् । 

आइतबार भएको खेलमा निम्स सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स, गोल्डेनपिक जुनियर ब्वाइज र महामन्जुश्री स्टाफतर्फ च्याम्पियन बनेका हुन् । बसुन्धारास्थित आयोजक श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा निम्सले ज्ञान निकेतनलाई १५–१३ ले पराजित ग-यो । 

सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले डिफेन्डिङ च्याम्पियन निम्सलाई ८–७ को साँघुरो अन्तरले हरायो ।

जुनियर ब्वाइज फाइनलमा गोल्डेनपिकले ज्ञान निकेतनलाई १२–७ ले पाखा लगायो । स्टाफको फाइनलमा साविक विजेता महामन्जुश्रीले आयोजक स्किब्सलाई २१–१५ ले पन्छ्याउदै उपाधि रक्षा ग-यो । उपाधिसंगै महामन्जुश्रीले १० हजार नगद पुरस्कार हात पा-यो ।

सिनियर ब्वाइजमा निम्सका दीपसागर सेती महर, सिनियर गल्र्समा भ्याली पब्लिककी एन्जल गुप्ता, जुनियर ब्वाइजमा गोल्डेनपिकका पासाङ छिरिङ शेर्पा र स्टाफमा महामन्जुश्री शैलेस श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुईदिने प्रतियोगिताको सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १६–१६ तथा स्टाफमा ८ टिम गरी ६४ टिम सहभागी थिए ।

Logo