महिला विश्वकपमा ब्राजिलको सानदार सुरुवात, बोर्गेसले गरिन् पहिलो ह्याट्रिक

महिला विश्वकपमा ब्राजिलको सानदार सुरुवात, बोर्गेसले गरिन् पहिलो ह्याट्रिक


फरवार्ड एरी बोर्गेसको ह्याट्रिकमा ब्राजिलले फिफा महिला विश्वकप फुटबलमा सानदार विजयी सुरुवात गरेको छ । 

अष्ट्रेलियाको हिन्दमार्स स्टेडियममा सोमबार भएको पहिलो खेलमा ब्राजिलले पानामालाई ४-० गोलअन्तरले हराउँदै सानदार विजयी सुरुवात गरेको हो । ब्राजिलको जितमा २३ वर्षिया फरवार्ड बोर्गेसले ह्याट्रिक गरिन् भने बेट्रिज जानीराट्टोले एक गोल गरिन् । 

खेलको १९औं मिनेटमा बोर्गेसले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । त्यसपछि ३९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई अग्रता दोब्बर पारिन् । ४८औं मिनेटमा बेट्रिजले गोल गरिन् । साथै ७०औं मिनेटमा बोर्गेसले ह्याट्रिक गोल गर्दै ब्राजिललाई ४-०को जित दिलाइन् । जारी विश्वकपमा उनको यो पहिलो ह्याट्रिक गोल हो । 

यस जितसँगै समूह ‘एफ’ मा रहेको ब्राजिलले ३ अंक जोडेको छ । पानामा हार व्यहोर्दै अंकविहीन छ । फ्रान्स र जमैकाले पहिलो खेल बराबरी खेल्दै अंक बाँडेका छन् । 

Logo