अल हिलालकाे एमबाप्पेलाई कीर्तिमानी रकमको प्रस्ताव

अल हिलालकाे एमबाप्पेलाई कीर्तिमानी रकमको प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

साउदी क्लब अल हिलालले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलियन एम्बाप्पेलाई कीर्तिमानी रकमको प्रस्ताव गरेको छ। 

२४ वर्षका फरवार्डको पीएसजीसँगको सम्झौता सकिन एक वर्ष बाँकी छ। एमबाप्पेले पीएसजीसँग सम्झौता नविकरण नगर्ने बताईसकेका छन्। सोही कारण पीएसजीले एमबाप्पेलाई जापान भ्रमणको टिमबाट बाहिर राखेको छ। र फ्रान्सेली फरवार्डलाई बेच्न तयार रहेको जनाएको छ।

साउदी प्रो लिग क्लब अल हिलालले फ्रान्सेली फरवार्ड अनुबन्धनका लागि २ सय ५९ मिलियन पाउण्डको प्रस्ताव गरेको हो। अर्को समर ट्रान्सफरमा निशुल्क छाड्नु भन्दा पीएसजी कुनै हालतमा यसै सिजन एमबाप्पेलाई बेच्न खोजेको छ । 

सन् २०१७ मा नेयमार बार्सिलोनाबाट पीएसजी आउदाँ क्लबले कीर्तिमानी २ सय मिलियन पाउण्ड खर्च गरेको थियो । ब्राजिली स्टारको रिलिज क्लजलाई पीएसजीले पार गरेपछि नेयमार विश्व फुटबलका सबैभन्दा महङ्गा खेलाडी भएका थिए । 

चेल्सी, म्यानचेस्टर युनाईटेड, टोटेनहम, इन्टर मिलान र बार्सिलोना सबै क्लब एमबाप्पे अनुबन्धनका लागि इच्छुक छन् । उनी अर्को समर ट्रान्सफरमा निशुल्क क्लब छाड्न चाहेको बताएका थिए । र रियल मड्रिडलाई उनको आगामी गन्तब्य मानिएको थियो । 

Logo