दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा टाईगर्सको सानदार जित

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा टाईगर्सको सानदार जित

केन्द्रबिन्दु
0
Shares

नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको प्रदर्शनमा मोन्ट्रियल टाइगर्सले ग्लोबल टी-ट्वान्टी क्यानडामा भैंकूवर नाइट्सलाई पराजित गरेको छ।  लगातार तेस्रो जित दर्ता गर्ने क्रममा टाईगर्सले ६ विकेट हराएको छ। टाईगर्सलाई जित दिलाउन दीपेन्द्रले बलिङ,ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा राम्रो प्रदर्शन गरेका थिए।

नाईट्सले दिएको १ सय ५० रनको लक्ष्य टाइगर्सले १८ दशमलब १ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।टाइगर्सको जितमा शेफार्न रदरफोर्डले ५३ बलमा ७ चौका र ६ छक्कासहित ८४ रनमा अविजित रहे। दीपेन्द्र २२ बलमा २ चौकासहित २२ रनमा नट आउट रहे। नाइट्सका लागि फिन एलेनले २ तथा रुबेन ट्रम्पलम्यानले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नाइट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो। नाइट्सका लागि ओपनर फखार जमानले ५३ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७३ रन बनाए ।

पाकिस्तानी आक्रामक ओपनर फखार जमानलाई दीपेन्द्रले १६ औं ओभरको चौथो बलमा कार्लोस ब्रेथवेटबाट क्याच गराउँदै महत्वपूर्ण सफलता दिलाएका थिए ।  दीपेन्द्रले फिल्डिङमा पनि उत्कृष्ट प्रदर्शन गरे। दीपेन्द्रले १० औं ओभरको दोस्रो बलमा हर्ष थाकेरलाई ९ रनमा रन आउट गरेका थिए। 

Logo