सन्दीपको बलिङमा सर्रेको पहिलो जित

सन्दीपको बलिङमा सर्रेको पहिलो जित

केन्द्रबिन्दु
0
Shares

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको राम्रो बलिङमा सर्रे जागुअर्सले ग्लोबल टि २० क्यानडामा टोनोन्टो नेशनललाई २० रनले पराजित गरेको छ। यो सन्दीप सम्मिलित सर्रेको पहिलो जित हो।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सर्रेले निर्धारित २० ओभरमा ६ विकेट गुमाँउँदै १ सय ४१ रन बनायो। उसका लागि इफ्तिखार अहमदले ३५ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४७ रनको योगदान दिए। त्यस्तै जतिन्दर सिंह २१, एलेक्स हेल्स १६, लिटन दास २१ र म्याथ्यु फोर्डेले १९ रन बनाए।

नेशनलका लागि स्पिनर साद बीन जाफरले सर्वाधिक दुई विकेट लिए। जितका लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको नेशनलले निर्धारित १८ ओभरमा ९ विकेट गुमाउँदै १ सय २१ रन बनायो। उसका लागि कोलिन मुनरोले २७ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ४३ रन बनाए। मुनरो सन्दीपको बलमा बोल्ड आउट भए।

शाहिद अफ्रिदीले २१ बलमा २ छक्कासहित २३ रन जोडे । जेजे स्मितले १५ बलमा ३ चौका र १ छक्कासहित २३ रन बनाए। सन्दीपले अर्मान कपुरलाई १६ रनमा जनिन्दर सिंहबाट क्याच आउट समेत गराएका थिए । सन्दीप लामिछानेले ४ ओभरमा मात्रै २२ रन खर्चेर २ विकेट लिए। म्याथ्यु फोर्डले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए ।

Logo