नेपालले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दै

नेपालले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दै

केन्द्रबिन्दु
0
Shares

श्रीलंकामा एसिया कपको तयारी गरि रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ। नेपाली टोलीले श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबसँग अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

श्रीलंकाको प्रथम श्रेणीको उक्त क्लब र नेपालबीच खेल बिहान १० बजे उसकै घरेलु मैदान ब्लूमफिल्डमा खेल हुनेछ। कोलोम्बोमा रहेका ब्लूमफिल्ड श्रीलंकाको पुरानो क्लब हो। यस टोलीमा श्रीलंकाबाट खेलि सकेका खेलाडी पनि छन्।

ब्लूमफिल्डबाट घरेलु क्रिकेट खेल्ने विकेटकिपर सानदुन विराकोडी,तीव्र गतिका बलिङ अलराउन्डर लाहिरु मदुशानका र स्पिनर जेफ्री वान्डरसेले श्रीलंकाको टोलीबाट खेलेका छन्।

स्पिनर जेफ्री वान्डरसे श्रीलंकाबाट १ टेष्ट, २० ओडिआई र १४ टि२० आई खेलाएका छन्। यदि ब्लूमफिल्डले पहिलो रोजाईका खेलाडी नेपालविरुद्ध मैदान उतारेमा सिनियरसँगै घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्ने खेलाडी खेल्नेछन्। कुन खेलाडी मैदान उतार्ने त्यो भने पक्का भएको छैन।

एसिया कपको तयारी गर्ने नेपाली क्रिकेट टोली:

कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, पवन सरार्फ, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा, सूर्य तामाङ, ज्ञानेन्द्र मल्ल,आरिफ शेख र करण केसी ।

Logo