मेस्सीकाे २ गोलमा मियामीको लगातार दोस्रो जीत

मेस्सीकाे २ गोलमा मियामीको लगातार दोस्रो जीत

केन्द्रबिन्दु
0
Shares

मेजर लिग सकरमा लियोनेल मेस्सीको दुई गोलको मद्दतले इन्टर मियामीले एटलान्टा युनाइटेडमाथि शानदार जीत हासिल गरेको छ । बुधबार भएको खेलमा मियामी ४-० गोलअन्तरले विजयी बनेको हो।

मेस्सीले खेलको आठौँ मिनेटमा नै टोलीलाई अग्रता दिलाएका थिए । २२ औँ मिनेटमा उनले अग्रता दोब्बर बनाए। पहिलो हाफको अन्त्यतिर रोबर्ट टेलरले गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए। दोस्रो हाफको सुरुवातमा टेलरले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे।

खेलको अन्त्यतिर क्रिस्टोफर म्याकभेले रातोकार्ड पाएपछि मियामी १० खेलाडीमा सीमित बनेको थियो। मेस्सीले यसअघि आफ्नो डेब्यू खेलमा पनि गोल गरेका थिए । खेलको इन्जुरी समयमा गोल गर्दै उनले टोलीलाई क्रुज एजुलविरुद्ध २-१ को जीत दिलाएका थिए।

Logo