श्रीलंकाको टोलीविरुद्ध नेपाल अलआउट, अर्जुनको अर्धशतक

श्रीलंकाको टोलीविरुद्ध नेपाल अलआउट, अर्जुनको अर्धशतक

केन्द्रबिन्दु
0
Shares

नेपालले पहिलो अभ्यास खेलमा श्रीलंकाको घरेलु प्रतियोगिता खेल्ने ब्लूमफिल्ड क्लबलाई सामान्य लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४५ ओभरको खेलमा ४३.४ ओभरमा १ सय ९७ रनमा अल आउट भएको हो । नेपालका लागि विकेटकिपर अर्जुन साउदले अर्धशतकीय इनिङ खेले । उनले ११३ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिए ।

त्यस्तै, सन्दीप जोराले ३१ रन बनाउँदा देव खनाल २२ रनमा आउट भए ।  प्रतिश जि.सीले १६ रन, सोमपाल कामी र करण केसीले समान ११ ११ रन जोड्दा गुलशन झा ९ रन, कुशल मल्ल ३, पवन सरार्फ १० रनमा आउसट भए । 

बलिङतर्फ ब्लूमफिल्डका मलिन्डा परेरा, दिनेश समराविक्रमा, निमेश थारुणु र विनिनायाकेले समान दुई विकेट लिए ।

Logo