नेपाल श्रीलंकाको टोलीसँग पराजित

नेपाल श्रीलंकाको टोलीसँग पराजित

केन्द्रबिन्दु
0
Shares

नेपालले श्रीलंकामा भएको पहिलो अभ्यास खेलमा हार व्यहोरेको छ । बुधबार भएको खेलमा नेपाल श्रीलंकाको घरेलु टोली ब्लूमफिल्ड क्लबसँग ६ विकेटले पराजित भएको हो । 

नेपालले जितको लागि दिएको १९८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको घरेलु टोली ब्लूमफिल्ड क्लबले २४.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । ब्लूमफिल्डका लागि युवा ब्याटर हसिता बोयागोडाले ५३ बलमा ७ छक्कासहित ९० रनको आक्रामक अर्धशतकीय इनिङ खेले । त्यस्तै, अशान फेनान्डो ५६ रनमा अविजित रहे ।

बलिङमा नेपालका सूर्य तामाङ र प्रतिश जिसीले समान २/२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४५ ओभरको खेलमा ४३.४ ओभरमा १ सय ९७ रनमा अल आउट भएको थियाे । नेपालका लागि विकेटकिपर अर्जुन साउदले अर्धशतकीय इनिङ खेले । उनले ११३ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिए ।

त्यस्तै, सन्दीप जोराले ३१ रन बनाउँदा देव खनाल २२ रनमा आउट भए ।  प्रतिश जि.सीले १६ रन, सोमपाल कामी र करण केसीले समान ११ ११ रन जोड्दा गुलशन झा ९ रन, कुशल मल्ल ३, पवन सरार्फ १० रनमा आउसट भए । 

बलिङतर्फ ब्लूमफिल्डका मलिन्डा परेरा, दिनेश समराविक्रमा, निमेश थारुणु र विनिनायाकेले समान २/२ विकेट लिए ।

Logo