दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपालले आज तामिल युनियनविरुद्ध खेल्दै

दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपालले आज तामिल युनियनविरुद्ध खेल्दै

केन्द्रबिन्दु
0
Shares

एसिया कपको तयारीमा श्रीलंकामा रहेको नेपालले आज दोस्रो एकदिवसीय अभ्यास खेलमा तामिल युनियनसँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान १० बजे श्रीलंकाको पि सारा ओभल मैदानमा हुनेछ। नेपाल पहिलो अभ्यास खेलमा श्रीलंकाको क्लब टोलीब्लूमफिल्ड क्रिकेट क्लबसँग ६ विकेटले पराजित भएको थियो।

तामिल युनियन श्रीलंकाको प्रथम श्रेणी घरेलु क्रिकेट खेल्ने क्लब टोली हो। श्रीलंकाको शीर्ष घरेलु प्रतियोगिता खेल्ने तामिलविरुद्ध नेपाली ब्याटरको परिक्षा हुनेछ। पहिलो खेलमा नेपाल १ सय ९७ रनमा अल आउट भएको थियो।

नेपालले आफ्ना प्रमुख ब्याटर कुशल भुर्तेल, राहित पौडेल, आसिफ शेख, आरिफ शेख र भीम सार्कीलाई खेलाएको थिएन । नेपालले युवा खेलाडी सन्दीप जोरा, देव खनाल, पवन सरार्फ लगायतका खेलाडीलाई मौका दिएको थियो।

तर उक्त खेलमा अर्जुन साउदले सर्वाधिक ७९ रन बनाउन बाहेक अन्यले राम्रो गर्न सकेका थिएनन् । पहिलो खेलमा विश्राम पाएका खेलाडीलाई नेपालले आज मैदान उतार्ने सम्भावना छ ।

नेपाल एसिया कप अघि आफ्ना खेलाडीबाट उत्कृष्ट ब्याटिङ चाहन्छ । तर विदेशी भूमिमा सोचे जस्तो प्रदर्शन हुन सकेको छैन । नेपालले श्रीलंकामा थप दुई अभ्यास खेल खेल्नेछ । श्रीलंका क्रिकेट बोर्डको समन्वयमा नेपालले अभ्यास खेल खेल्ने हुँदा चारै टोली राम्रो हुने अनुमान गरिएको छ।

एसिया कपको तयारी गर्ने नेपाली क्रिकेट टोली:

कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, पवन सरार्फ, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा, सूर्य तामाङ, ज्ञानेन्द्र मल्ल,आरिफ शेख र करण केसी ।

Skip This
Skip This
Logo