घरेलु टोली इंग्ल्यान्ड विश्व प्रतिष्ठित एसेज सिरिजको पाँचौं तथा अन्तिम टेस्ट खेलमा अष्ट्रेलियाविरुद्ध पहिलो दिननै अल आउट भएको छ। द ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड मात्रै ५४.४ ओभरमा २ सय ८३ रनमा अल आउट भयो।
आफ्नो आक्रामक शैलीलाई निरन्तरता दिएको इंग्ल्यान्ड मिचेल स्टार्क र जोश हेजलवुडको गति सामु धेरै समय क्रिजमा टिक्न सकेन। इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुकले ९१ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक ८५ रनको इनिङ खेले।
ओपनर ज्याक क्रली २२ र बेन डकेट ४१ बलमा ३ चौकासहित ४१ रनमा आउट भए। मोईन अलीले ४७ बलमा ३ चौका र २ छक्कासहित ३४, जो रुट ५, बेन स्टोक्स ३ र जोनी बेयरस्टो ४ रनमा आउट भए । रुट र जोनी बेयरस्टोलाई जोश हेजलवुड र स्टोक्सलाई मिचेल स्टार्कले बोल्ड आउट गरेका थिए ।
यी मध्यक्रमका प्रमुख तीन ब्याटर चल्न नसकेपछि पहिलो दिननै अल आउट हुन पुगेको हो । तल्लोक्रमका मार्क वुड २८ र क्रिस वोक्सले ३६ रनको योगदान दिए।
अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक ४ विकेट लिए। जोश हेजलवुड र टोड मर्फीले समान दुई विकेट लिए। अष्ट्रेलिया २५ओभरमा ६१-१ को अवस्थामा पहिलो दिनको खेल सकिएको छ ।
उस्मान खवाजा ७५ बलमा २६ र मार्नस लाबुसेन २३ बलमा २ रनमा क्रिजमा छन् । डेविड वार्नर २५ रनमा क्याच आउट भए । पाँच खेलको सिरिजमा अष्ट्रेलिया २–१ ले अघि हुँदै एशेज ट्रफी रक्षा गर्न सफल भई सकेको छ ।































प्रतिक्रिया