फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जापानको क्लब सेरेजो ओसाकासँग पराजित भएको छ। शुक्रबार भएको खेलमा पीएसजी जापानको क्लब सेरेजो ओसाकासँग २-३ गोल अन्तरले पराजित गरेको हो।
१७ औँ मिनेटमा ह्युगो एकिटिकेको गोलमा पीएसजीले अग्रता बनाएको थियो।जोर्डी क्राउक्सले २२ औँ मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काए। भिटिन्हाले ४९ औं मिनेटमा पुन पीएसजीलाई अग्रता दिलाएका थिए। सोता किटानोले ६७ औं मिनेटमा ओसाका क्लबका लागि बराबरी गोल गरे।
बराबरीतर्फ उन्मुख देखिएको खेलमा ११ मिनेट बाँकी छदाँ भेट्रान जापानी स्टार सिन्जी कागावाले गोल गर्दै जापानी क्लबलाई ३-२ को जित दिलाए।प्रि-सिजन टूरमा रहेको पीएसजी जापानमा छ। स्टार खेलाडी केलियन एमबाप्पेलाई टिम बाहिर राख्दै प्रि-सिजन टूरमा निस्किएको पीएसजीको तयारी राम्रो हुन सकेको छैन।





























प्रतिक्रिया