ब्राजिलमाथि फ्रान्सको जित

ब्राजिलमाथि फ्रान्सको जित

केन्द्रबिन्दु
0
Shares

फ्रान्सले फिफा महिला विश्वकप फुटबलमा ब्राजिलमाथि जित हात पारेको छ । 

शनिबार अष्ट्रेलियाको सनकर्प स्टेडियममा भएको दोस्रो खेलमा फ्रान्सले ब्राजिलमाथि २-१को जित दर्ता गरेको हो । फ्रान्सको जितमा युजेनी ले सोमर र वेन्डी रेनार्डले एकएक गोल गरे भने ब्राजिलका लागि डेबोरा क्रिस्टियान डे ओलिभेराले एक गोल फर्काइन् । 

यो जितसँगै फ्रान्स समूह एफको शिर्षस्थानमा उक्लेको छ । यसअघि पहिलो खेलमा फ्रान्स जमैकासँग बराबरीमा उक्लेको छ । यो जितले फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ भने  ब्राजिल ३ अंकसहित दोस्रो स्थानमा छ । 

Skip This
Skip This
Logo