स्पेनलाई हराउँदै जापान समूह विजेता

स्पेनलाई हराउँदै जापान समूह विजेता


जापानले नवौं महिला विश्वकप फुटबल प्रतियोगितामा स्पेनमाथि सानदार जित दर्ता गरेको छ । 

सोमबार भएको समूह चरणको अन्तिम तथा तेस्रो खेलमा जापानले स्पेनलाई ४-० गोलअन्तरले पराजित गरेको हो । जापानका लागि हिनाता मियाजावाले दुई तथा रिको उयेकी र मिना तानाकले गोल गरे । बल आफ्नो पकडमा राख्न सफल भएपनि स्पेनले कुनै गोल गर्न सकेन । 

योसँगै जापान समूह ‘जी’ मा ९ अंक जोडेर विजेता भएको छ । लगातार तेस्रो जित निकाल्दै जापान समूह चरणका सबै प्रतिस्पर्धा आफ्नो पक्षमा पार्न सफल रह्यो । स्पेन भने ६ अंकसहित दोस्रो स्थानमा छ । जाम्बिया र कोस्टारिका भने बाहिरिए । 

Logo