भारतमा ६ नेपाली खेलाडीले प्रशिक्षण गर्ने

भारतमा ६ नेपाली खेलाडीले प्रशिक्षण गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपाल क्रिकेट संघ (क्यान) ले एक महिना विशेष प्रशिक्षणका लागि ६ खेलाडीलाई भारतको दिल्ली पठाइएको घोषणा गरेको छ।

क्यानले शनिबार जनाए अनुसार ६ खेलाडीलाई प्रशिक्षणका लागि भारत पठाइनेछ। ति ६ खेलाडीमा तिव्र गतिका बलरहरु कमलसिंह ऐरी र कमल खत्री रहेका छन्। 

त्यस्तै विनोद भन्डारी र लोकेश बम ब्याटरका रुपमा रहेका छन्। स्पिनर सागर ढकाल र अलराउन्डर विवेक यादव सो मौका पाएका छन्। उनीहरु अभ्यासका लागि दिल्ली गएका छन्।

Logo