सन्दीप र दीपेन्द्र उपाधिको लागि भिड्ने

सन्दीप र दीपेन्द्र उपाधिको लागि भिड्ने

केन्द्रबिन्दु
0
Shares

ग्लोबल टि२० क्यानडामा नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्स र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले प्रतिनिधित्व गरेको मोन्टरिएल टाइगर्सबीच फाइनल हुने भएको छ ।

दीपेन्द्र सम्मिलित टाइगर्सले शनिबार राती दोस्रो क्वालिफायर खेलमा भ्यानकुभेर नाइट्समाथि एक विकेटको रोमान्चक जितक साथ फाइनलमा स्थान बनाएको हो । सन्दीप सम्मिलित सर्रेले भने पहिलो क्वालिफायर खेलमा नाइट्सलाई ३८ रनले हराउँदै फाइनलमा पुगेको थियो ।

सर्रे शीर्षस्थानमा रहँदै सोझै क्वालिफायर खेलेको थियो । दीपेन्द्रको टोली लिगमा तेस्रो स्थानमा रहँदै एलिमिनेटर खेल्नु परेको थियो । एलिमिनेटर खेलमा ब्राम्पटन वल्भसलाई ९ विकेटले हराउँदै टाइगर्सले दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । लिगको खेलमा टाइगर्सले सर्रे जागुअर्सलाई ५ विकेटले हराएको छ । फाइनल आज राती ९: ४५ मा हुनेछ ।

जसमा एक नेपाली खेलाडी च्याम्पियन बन्ने पक्का छ। दुबै नेपाली खेलाडीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन्। दीपेन्द्र ७ खेलमा १ सय २७ रन बनाउँदा २ विकेट लिएका छन्। दीपेन्द्रको फिल्डिङ त्यतिनै उत्कृष्ट रहेको छ। सन्दीपले ७ खेलमा ११ विकेट लिएका छन्।

Logo