दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा

दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा

केन्द्रबिन्दु
0
Shares

साविकको उपविजेता नेदरल्यान्ड्स फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

आइतबार सिड्नी फुटबल स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकामाथि २-०को जित निकाल्दै नेदरल्यान्ड्सले क्वाटरफाइनलको यात्रा तय गरेको हो । नेदरल्यान्ड्सको जितमा जिल रुड र लिन्थ बियन्सटेनले समान एकएक गोल गरे । 

खेलको नवौं मिनेटमा रुडको गोलमा सुरुवाती अग्रता लिएको नेदरल्यान्ड्सका लागि दोस्रो हाफको ६८औं मिनेटमा बियन्सटेनले गोल थप्दै २-०को जित दिलाइन् । खेलमा तुलनात्मक रुपमा कमजोर प्रदर्शन गरेको अफ्रिकाले गोलको केही अवसर पाए पनि सदुपयोग गर्न सकेन । 

अब क्वाटरफाइनलमा नेदरल्यान्ड्सले अर्को बलियो टिम स्पेनको सामना गर्नेछ । स्पेन यसअघि नै नकआउट चरणको खेलमा स्वीट्जरल्याण्डमाथि सानदार जित हात पार्दै क्वाटरफाइनलमा पुगिसकेको छ । 

Logo