महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा भारतकी देविका पाल्शिकर नियुक्त

महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा भारतकी देविका पाल्शिकर नियुक्त

केन्द्रबिन्दु
0
Shares

भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएकी छन्। 

आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली महिला क्रिकेट टिमका लागि पहिलो महिला प्रशिक्षक ल्याएको जानकारी गराएको हो । 

क्यानले अगष्ट २८देखि मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी–२० एसिया क्षेत्र छनोटका लागि नेपाली महिला टिमको ब्याटिङ कन्सल्टेन्टका रुपमा देविकाले प्रशिक्षण दिने जनाएको छ । 

देविका पाल्शिकर काठमाडौं आइसकेकी छन् । 

हाल महिला टिमको प्रशिक्षण राष्ट्रिय खेलकुद परिषद् (राखेप)का क्रिकेट प्रशिक्षक स्यामसन जंग थापाले मुख्य प्रशिक्षकको रुपमा काम गर्दै आएका छन । क्यानले प्रारम्भिक छनोट अन्तर्गत २४ सदस्यीय टोली बन्द प्रशिक्षणमा सकेको छ । नेपालले अगष्ट २८ देखि ९ सेप्टेम्बरसम्म छनोट खेल खेल्नेछ । 

प्रतियोगिताको समूह ‘ए’मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई रहेका छन् भने समूह ‘बी’मा, चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् ।

Skip This
Skip This
Logo