एसिया कप खेल्ने पाकिस्तानी टोलीको घोषणा

एसिया कप खेल्ने पाकिस्तानी टोलीको घोषणा

केन्द्रबिन्दु
0
Shares

आयोजक पाकिस्तानले एसिया कपका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ ।  

पाकिस्तानका मुख्य प्रशिक्षक इन्जामाम उल हकले बुधबार बाबर आजमको कप्तानीमा १८ सदस्यीय टोली सार्वजनिक गरेका हुन् । समूह एमा रहेको पाकिस्तानले अगस्ट ३० मा नेपालसँग खेल्दै एसिया कपको सुरुआत गर्नेछ ।  यो खेल पाकिस्तानको मुल्तानमा हुने छ । 

यस्तै, पाकिस्तानले सेप्टेम्बर २ मा भारतविरुद्ध खेल्ने छ । यो खेल भने श्रीलंकामा हुने छ । 

एसिया कपअघि यस टोलीले अफगानिस्तानविरुद्ध तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । अगष्ट २२ देखि २६ सम्म श्रीलंकामा उक्त सिरिज हुनेछ ।

पाकिस्तानी टोली

बाबर आजम (कप्तान), शादाब खान (उपकप्तान), अब्दुल्लाह शफिक, फखर जमान, इमाम उल हक, सलमान अली आगा, इफ्तिखार अहमद, तैयब ताहिर, साउद शकील (अफगानिस्तान श्रृंखलाका लागि मात्र), मोहम्मद रिजवान, मोहम्मद हारिस, मोहम्मद नवाज, उस्मा मीर, फहीम अशरफ, हारिस राउफ, मोहम्मद वासिम जुनियर, नसीम शाह र शाहीन शाह अफ्रिदी ।

 

Logo