रोनाल्डोको उत्कृष्ट प्रदर्शनीमा अल नासर अरब कपको फाइनलमा

रोनाल्डोको उत्कृष्ट प्रदर्शनीमा अल नासर अरब कपको फाइनलमा

केन्द्रबिन्दु
0
Shares

क्रिष्ट्रियानो रोनाल्डो आवद्ध क्लब अल नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा पुगेको छ ।

गएराति प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा भएको सेमिफाइनलमा इराकको च्याम्पियन क्लब अल सोर्टा एससीलाई १-० गोलले हराउँदै अल नासर उपाधिनजिकै पुगेको हो । अल नासरको लागि एकमात्र गोल पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले गरे ।  उनले खेलको ७५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

गएराति नै भएको अर्को खेलमा अल शबाबलाई हराउँदै अल हिलाल क्लब पनि फाइनलमा पुगेको छ ।  फाइनल खेल शनिबार राति हुनेछ ।

Logo