स्पेन पहिलोपटक विश्वकपको सेमिफाइनलमा

स्पेन पहिलोपटक विश्वकपको सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

स्पेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

न्युजिल्यान्डको वेलिङटनस्थित वेलिङटन रिजनल स्टेडियममा शुक्रबार भएको खेलमा नेदरल्यान्ड्समाथि अतिरिक्त समयमा २-१ को रोमाञ्चक जित निकाल्दै स्पेनले पहिलोपटक सेमिफाइनलको यात्रा तय गरेको हो । 

स्पेनको जितमा मारीओना कालडेन्टे र साल्मा पारालुइलोले गोल गरिन् । नेदरल्यान्ड्सकी स्टेफानी भान डर ग्राटले एक गोल फर्काइन् । खेलको निर्धारित समय १-१ गोलको बराबरीमा रोकिएपछि अतिरिक्त समय लिइएको थियो । जसमा स्पेनले बाजी मार्न सफल भयो । 

स्पेन महिला विश्वकप फुटबलको इतिहासमा पहिलोपटक सेमिफाइनलमा पुगेको हो ।  यसअघि स्पेन प्रि–क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन । अब स्पेनले सेमिफाइनलमा जापान र स्वीडेनबीचको विजेतासँग खेल्नेछ ।

Logo