स्विडेन महिला विश्वकपको सेमिफाइनलमा, जापान पराजित

स्विडेन महिला विश्वकपको सेमिफाइनलमा, जापान पराजित

केन्द्रबिन्दु
0
Shares

स्विडेन महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्वार्टरफाइनमला एसियाली पावर हाउस जापानलाई २-१ गोल अन्तरले पराजित गर्दै स्विडेन अन्तिम चारमा प्रवेश गरेको हो । 

योसँगै विश्वकपबाट एसियाली सबै राष्ट्र बाहिरिएका छन् ।

खेलको ३२औं मिनेटमा अमान्दा लेस्टेन्डको गोलबाट स्विडेनले अग्रता बनाएको थियो । ५१औं मिनेटमा फिलिप्पा एन्गेल्दालले गोल गरेपछि स्विडेनले अग्रता दोब्बर बनायो । ८७औं मिनेटमा होनोका हाइसीले जापानका लागि सान्त्वना गोल फर्काइन् । सो पछि गोल हुन सकेन र स्विडेनले दुई एकले बाजी मार्यो । 

सेमिफाइनलमा स्विडेनले मंगलबार स्पेनसँग खेल्नेछ । स्पेन नेदरल्यान्ड्सलाई समान दुई एकले नै पराजित गर्दै अन्तिम चारमा पुगेको हो । प्रतियोगितामा शनिबार आयोजक अस्ट्रेलिया र फ्रान्स तथा इंग्ल्यान्ड र कोलम्बियाबीच खेल हुनेछ ।

Logo