महिला टी-ट्वान्टी विश्वकपमा नेपालले थाईल्यान्डसँग अभ्यास खेल खेल्ने

महिला टी-ट्वान्टी विश्वकपमा नेपालले थाईल्यान्डसँग अभ्यास खेल खेल्ने

केन्द्रबिन्दु
0
Shares

महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अघि नेपालले थाईल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ।

मलेसियामा २८ अगस्टमा नेपालले सो अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। विश्वकपको एशिया छनोट आगामी अगस्ट २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने छ। एशिया छनौटमा १२ देशले भाग लिँदै छन्। जसमा नेपाल समुह ए मा रहेको छ।

समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन्। त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन्। दुवै समुहबाट शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनोट हुने छन्।

एसिया छनोटका लागि क्यानले बिहीबार रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। रुवी पोदार, खुसी डंगोल र पूजा महतोले पहिलो पटक राष्ट्रिय टोलीमा मौका पाएकी छिन्।

Logo